गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित

गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ६८ पुगेको छ । 

शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ५ सय ९२ जना कोरोना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेसनमा २ सय ६९ जना रहेका छन् ।

हाल आइसोलेसनमा सक्रिय रहेका २ सय ४७ केश छन् । क्वारेन्टिनमा १ हजार ८४ जना रहेका छन् । त्यसैगरी भारतबाट १२ हजार ९ सय १५ र तेस्रो मुलुकबाट ६ हजार १ सय ९८ गरी जम्मा १९ हजार १ सय १३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १४:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया