इटहरी– इटहरीको कोशी गाउँपालिका २ का वडाध्यक्षको हृदयाघातका कारण मृत्यु भएको छ । वडाध्यक्ष ४५ वर्षीय हिरालाल यादवलाई हृदयाघातपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्याइएको थियो ।
यादवको बिएण्ड सी अस्पतालमा ज्यान गएको कोशी गाउँपालिकाले जानकारी दिएको छ । घरमै बसेको समयमा उनलाई हृदयाघात भएको थियो ।
कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बिएण्ड सी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि भेन्टिलेटर नपाएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको हो ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।