४५ किलो गाँजासहित ट्रकका चालक र सहचालक पक्राउ

चितवन– इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका–३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । 

भरतपुर महानगरपालिका–१८ चनौली बजारमा चेकजाँचका क्रममा बा३ख ७९५८ नम्बरको ट्रकमा सो परिमाणको गाँजासहित दुवैजनालाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ । 

पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको छ । इन्द्र ट्रकका चालक हुन् भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार २०:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया