महाराजगञ्जवृतमा थुनुवासहित पाँचजना प्रहरीमा कोरोना संक्रमण

महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएका एकजना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्तव्य ज्यान मुद्दाका एक जना आरोपीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हो ।

गोंगबुमा २४ वर्षीय आङदोर्जे तामाङको चक्कु प्रहार गरी भएको हत्यामा संलग्न अभियुक्तलाई कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

महानगरीय प्रहरी परिसरका अनुसार अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ । 
संक्रमित सुरक्षाकर्मीहरूलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १२:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया