काठमाडौं उपत्यकामा थपिए १६६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका १ सय ६६ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले काठमाडौं उपत्यकामा १ सय ६६ कोरोना संक्रमित थपिएको बताए । उनका अनुसार काठमाडौंमा १ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन् । 

हालसम्म कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ सय १८ संक्रमित भएका छन् भने २ सय ८१ जना डिस्चार्ज भएका छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १६:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया