काठमाडौं उपत्यकाभित्रका २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं– उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा २० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिनसक्ने जोखिमलाई रोक्न र पूर्वसतर्कता अपनाउनको लागि उक्त योजना बनाइएको हो । 

यस विषयमा आजको उपत्यका नगरपालिका फोरमको बैठकमा निर्णय गर्ने तयारी छ । कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरु आफैँ सम्पर्कमा आए भने चाँडै सफलतामा पुगिन्छ भन्ने लागेर यस्तो गरिएको काठमाडौं महानगर स्रोतको दाबी छ । 

गत आइतबारको नगरपालिका फोरमका पदाधिकारीको बैठकले पनि यो विषयउपर छलफल गरेको थियो । पछिल्लो समय उपत्यकाभित्र कोरोना संक्रमितको संख्या बढ्दो छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र संक्रमितको संख्या ३ हजार २ सय नाघिसकेको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १६:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया