दक्षिण कोरियाका अधिकारीहरुले कोरोनाभाइरस अहिले पूरै देशमा फैलिन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । सबैभन्दा आश्चर्य त के भने कुनै समय दक्षिण कोरिया कोरोनाभाइरससँग लड्नका लागि सबैभन्दा काबिल देशका रुपमा चिनिएको थियो ।
सिओलमा रहेका बिबिसी संवाददाता लारा बिकरका अनुसार अब एक चर्चबाट सुरु भएको संक्रमण दक्षिण कोरियाका सबै १७ प्रान्तमा फैलिइसकेको छ ।
अनि प्रत्येक दिन दक्षिण कोरियामा १ सयभन्दा धेरै संक्रमित भेटिन थालेका छन् ।
संक्रमितका सबैभन्दा धेरै संख्या राजधानी सोलको आसपास भेटिएका छन् ।
अर्कोतिर, कोरोनाभाइरसलाई एक षडयन्त्रका रुपमा त्यहाँको चर्चले भनिरहेको छ । यसले गर्दा कोरियामा थप संक्रमित भेटिने अनुमान गर्न थालिएको छ । पछिल्लो समय युवाहरुमा बढी कोरोना संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।