नोबेल शिक्षण अस्पतालका ५५ स्टाफ नर्सले दिए सामूहिक राजीनामा

विराटनगर– विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले श्रम शोषण गरेको भन्दै त्यहाँ कार्यरत ५५ जना स्टाफ नर्सले सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालले समयमा तलब नदिएको र कोरोना संक्रमणका वेला पनि स्वास्थ्यकर्मीको उचित सुरक्षा नगरेको उनीहरुको आरोप छ । 

जोखिम मोलेर काम गर्दा पनि अस्पतालले कामको उचित सम्मान नगरेको भन्दै उनीहरुले अस्पतालले समयमा तालिम समेत नदिएको गुनासो गरेका छन् । 

अस्पतालका स्रोतले ५५ जनाले राजीनामा दिएको स्वीकार गर्दै राजीनामा भने स्वीकृत नभएको जानकारी दिएको छ । 

अस्पतालले अहिले स्टाफ नर्सहरुलाई मासिक १५ हजार पारिश्रमिक दिएको छ । स्टाफ नर्सहरुले ५ हजार थप गर्न माग गरेको तर अस्पतालले ४ हजार मात्रै थप गर्न सकिने भनेपछि एक हजारमा कुरा नमिलेका कारण नर्सहरुले राजीनामा दिएको बताइएको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २०:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया