मेसीले बार्सिलोनालाई भने– म क्लब छोड्न चाहन्छु

बार्सिलोनका स्ट्राइकर लियोनल मेसीले बार्सिलोनालाई आफूले क्लब छोड्न चाहेको बताएका छन् । उनी झन्डै दुई दशकदेखि स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्धित थिए ।

बार्सिलोनाले समाचार एजेन्सी एपीसँग कुरा गर्दै मंगलबार मेसीले एउटा पत्र पठाएको र आफूले बार्सिलोना छोड्न चाहेको बताएको पुष्टि गरेको छ । 

११ दिनअघि बार्सिलोना र बार्यन म्युनिखबीच भएको खेलमा बार्सिलोनाले नराम्रो पराजय भोगेको थियो । अत्यन्त महत्वपूर्ण मानिएको त्यो खेलमा बार्सिलोना २–८ ले पराजित भएको थियो ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको यो खेल बार्सिलोनाको इतिहासमै शर्मानक हार थियो । 

३३ वर्षका मेसीले यो हारपछि आफूले बार्सिलोना छोड्न चाहेको पत्र पठाएका हुन् । ६ पटक बालोन डि ओर जितेका मेसीले बार्सिलोनालाई १० स्पेनिस लिग र चार च्याम्पियन्स लिगका ट्रफी दिलाएका छन् । 

तर, अहिले नै मेसीले बार्सिलोना छोड्न चाहे पनि उनले पाउने या नपाउने बार्सिलोनाले अहिलेसम्म निर्णय गरिसकेको छैन । बार्सिलोनाले उनीसँग भएको कन्ट्«्याक्टको आधारमा यसमाथि कानुनी प्रक्रिया सुरु गर्ने बताएको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ०:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया