पाकिस्तान र चीनको विषयमा भारतीय मिडियामा आएका समाचार हत्तपत्त पत्याउन गाह्रो हुन्छ । केहीअघिसम्म पाकिस्तानविरुद्ध मात्र खनिने गरेका भारतीय मिडियामा अब चिनियाँ गतिविधिबारे पनि निकै धेरै समाचार सम्प्रेषण हुन थालेका छन् ।
यहीबीच भारतीय मिडिया लाइभहिन्दुस्तानले एउटा समाचार प्रकाशन गरेको छ जसमा उल्लेख गरिएको छ कि चीन र पाकिस्तान मिलेर एक जैविक भाइरसको विकास गरिरहेका छन् ।
चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोनाभाइरसबारे अहिले अध्ययन गरिरहेको एक वैज्ञानिक समूहले सन् २०१५ मा नै पाकिस्तानसँग सम्झौता गरेको दाबी यो समाचारमा गरिएको छ । खोज पत्रकार एन्थोनी क्लानलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– सन् २०१५ मा नै पाकिस्तान र चीनबीच घातक रोगको विषयमा अनुसन्धान गर्न सम्झौता गरिएको थियो । यो खुलासा गत महिनामात्र भएको समाचारमा दाबी छ ।
वुहान र पाकिस्तानका वैज्ञानिक मिलेर गरेको एक रिसर्चमा पाँच विभिन्न भाइरसको जिनोम अनुक्रमण सामेल गरिएको पनि दाबी पनि समाचारले गरेको छ । यी कुनै पनि घातक रोगको अहिले उपचार नभएको र यो पाकिस्तान र चीनको षडयन्त्र भएको समाचारमा दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।