जनवरी २०२१ मा आमाबाबु बन्दैछन् अनुष्का–विराट

भारतीय क्रिकेट टिमका कप्तान तथा अभिनेत्री अनुष्का शर्मा बाबुआमा बन्दै छन् । विराटले बिहीबार सामाजिक सन्जाल ट्विटरमा आफ्नो र पत्नी अनुषकाको तस्वीर राख्दै यो जानकारी दिएका हुन् ।

विराटले ट्विटरमा लेखेका छन्, जनवरी २०२१ मा उनीहरुको घरमा नयाँ सदस्य थपिनेछन् । विराटकी पत्नी तथा अभिनेत्री अनुष्काले पनि सामाजिक सन्जालमा यही स्टाटस राखेकी छिन् । 

उनीहरु दुवैले आआफ्ना सामाजिक सन्जालमा लेखेका छन्– अनि हामी दुई हुनेछौँ ।

विराट कोहली अहिले आइपिएल खेल्नका लागि युएई पुगेका छन् । अनुष्का मुम्बईमा नै छन् । 

विराट र अनुष्काले सन् २०१७ को डिसेम्बरमा विवाह गरेका थिए । लामो समय डेट गरेपछि यी दुईले सन् २०१७ मा विवाह गरेका थिए । त्यति बेला विराट आइपिएल टिम रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान थिए । विराटले आफू र पत्नी अनुष्काको तस्वीर सेयर गरेका छन् । अनुष्काले पनि त्यही तस्वीर सामाजिक सन्जालमा राखेकी छिन् । योसँगै यी दुईका प्रशंसकले सामाजिक सन्जालमा निकै खुसी व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १२:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया