उदयपुरबाट ८४ केजी गाँजासहित दुईजना पक्राउ

उदयपुर– उदयपुरबाट ८४ केजी गाँजासहित दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा ताप्लि गाउँपालिका–१ ओख्लेका २९ वर्षीय पुष्पबहादुर मगर र वडानं ३ इनामेका ४३ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरु बुधबार उदयपुरगढी गाउँपालिका ७ बाट पक्राउ परेका हुन् । प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको छ । 

पक्राउ परेकाहरुले गाउँमै प्रतिकेजी तीन देखि पाँच हजार तिरेर गाँजा खरिद गरेको बताएका छन् । उनीहरुले सिरहासम्म पुर्याउँदा प्रतिकेजी १५ देखि २० हजार मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ । 

रामबहादुरले खसी व्यापार गर्ने निहुँमा गाउँ पसेर गाँजा संकलन गर्ने र सिरहाका व्यक्तिलाई विक्री गर्ने कारोबारी रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका अर्का व्यक्ति पुष्प बोलेरो चालक हुन् ।  

लागूऔषधसम्बन्धी थालिएको ‘बिग अप्रेसन’मा यो अहिलेसम्मकै ठूलो सफलता भएको प्रहरीको दाबी छ । लागूऔषध कारोबारी र सेवनकर्ता न्यूनीकरणका लागि विशेष योजना बनाएर लागि परेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १७:५३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया