विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो

विश्वमा २ करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले शनिबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार शनिबारसम्म विश्वभरि कोरोना सङ्क्रमणबाट ७ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ । शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमितमध्ये  १ करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० कोरोना सङ्क्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६० लाख ९६ हजार ७५६ जना कोरोना सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा  ३४ लाख ६८ हजार २७२ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ । 

रुस ३३ लाख ८५ हजार ३४६ जना कोरोना सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा  ६ लाख २९ हजार ९६१ जनामा कोरोना सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।



दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना संक्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बिया ५ लाख ९० हजार ५२० जनामा कोरोना संक्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ५ लाख ८५ हजार ७३८ जनामा कोरोना संक्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ५५ हजार ६२१ जनामा कोरोना संक्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ । 



चिलीमा ४ लाख ५ हजार ९७२ जनामा कोरोना संक्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ । 

  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १७:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया