सुनसरी– जिल्ला सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो ।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।