९ वर्षकी बालिका बलात्कार गर्ने भारतीय पूर्वसैनिक पक्राउ

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय पूर्वसैनिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई पोखरा १०, मिलनचोकमा बस्दै आएका ५५ वर्षीय रेशबहादुर गुरुङ रहेका छन् ।

उनले बालिकालाई फकाएर चार/पाँच महिनादेखि बलात्कार गर्दै आएको रहस्य बाहिरिएको छ । बालिकाका आमाबुबा विदेशमा रहेको र उनी पोखरामा आफन्तकोमा बस्दै आएको छन् । 

गत शुक्रबार बालिकाका आफन्तले उनको कपडामा दाग देखेपछि सोधखोज गर्ने क्रममा पोल खुलेको हो । आफन्तले शुक्रबारै कास्की प्रहरीमा जाहेरी दिएका थिए । 

जाहेरी परेको थाहा पाउनासाथ पोखराबाट भागेका गुरुङ स्याङ्जास्थित बिरुवा गाउँपालिका ८, टोड्केबाट पक्राउ परेको कास्की प्रहरीले बताएको छ ।
स्याङ्जा प्रहरीसँगको समन्वयमा उनलाई आइतबार राति नै पक्राउ गरी पोखरा ल्याइएको हो ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १२:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया