सोमबार थपिए ८९९ संक्रमित, देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२१

नेपालमा सोमबार ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिउको जानकारी अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । 


सोमबार थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६०  पुगेको छ । आइतबार हालसम्मकै धेरै १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ५ सय ८८ जनाले संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांक छ । 


पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको  प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ । सोमबार थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २१ रहेको छ ।

 पछिल्लो २४ घण्टामा तीन महिला तथा चार पुरुष गरी देशभर कोरोनाका कारण सात जनाको निधन भएको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १६:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया