उपत्यकामा थपिए २९८ संक्रमित


पछिल्लो समय दैनिक रुपमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार ४२९ जना संक्रमित भेटिएको उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

थपिएकामध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना रहेका छन् । 
 





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १६:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया