गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ ।
यसअघि ३३ जनाको शव भेटिएकोमा थप तीनजनाको शव सोमबार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् ।
दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरीले जनाएको छ । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेको र हराइरहेकाको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।