मंगलबार बढे १०७९ संक्रमित, पाँच जिल्लामा छैनन् संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १०७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ७२५ पुरुष र ३४४ महिला गरी  १०७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

 योसँगै देशभर कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । 
संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० जना रहेको प्रवक्ता गौतमले बताए ।

देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार  ३९०  जना रहेको उनले जानकारी दिए ।

प्रवक्ता गौतममा अनुसार पछिल्लो २४  घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७६८ जना डिस्चार्ज भएका छन् । योसँगै जम्मा डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ । 

हाल १२७ जना आइसियुमा तथा १७ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो तथ्यांक अनुसार ५ जिल्लामा संक्रमितको संख्या शून्य रहेको प्रवक्ता गौतमले जानकारी दिए । संक्रमितको संख्या शून्य हुने जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १६:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया