बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालकी विभाग प्रमुखले दिइन् राजीनामा

काम गर्ने वातावरण नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको  ‘कोभिड– १९ अस्पताल’की एनेस्थेसिया विभाग प्रमुख प्रा.डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छिन् ।

प्रतिष्ठानमा गत जेठमा उद्घाटन गरिएको कोभिड उपचारका लागि एक सय बेडको अस्पताल सञ्चालनमा छ । गत जेठयता सो अस्पतालको प्रमुखको रूपमा काम गर्दै आएकी पोखरेलले उपकुलपति डा. ज्ञानेन्द्र गिरीसमक्ष मंगलबार राजीनामा दिएकी हुन् । 

आफूसँग सल्लाह नगरी अस्पतालले आवश्यकताभन्दा बढी औषधि तथा मेडिकल सामग्री खरिद गरेको र त्यसको जिम्मा लिन प्रशासनले दबाब दिएका कारण उनले राजीनामा गरेको बताइएको छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १६:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया