अझै तीन दिन नेपालका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपाल नजिक पूर्वी र मध्य भू–भागमा रहेको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाले अझै केही दिन वर्षा हुने विभागको भनाइ छ ।
आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
बिहीबार पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक÷दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।