काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा भदौ २४ सम्म थपिएको छ । तीनै जिल्लाका जिल्ला प्रशासनले जारी गरेको आदेशमा निषेधाज्ञा केही सहज बनाउने निर्णय गरिएको छ।
तीन जिल्लाका सिडिओहरुको सम्पन्न बैठकले आज मध्यरातिदेखि जारी निषेधाज्ञालाई यसअघि भन्दा केही खुकुलो बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले काठमाडौं जनाएको छ।
बैठकले आज राति १२ बजेदेखि पुनः एक हप्ता निषेधाज्ञा बढाउने निर्णय गरेको छ । उपत्यकामा कोरोना संक्रमणको जाखिम कम नभएको भन्दै सिडिओको बैठकले यस्तो निर्णय गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएकी छिन् ।
तीनै जिल्ला प्रशासनले बुधबार जारी गरेको आदेशमा ‘औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक अन्य काममा बाहिर निस्कन पाइँदैन् । जिल्लाभर कुनै स्थानबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा रोक लगाइएको छ । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।’
के गर्न पाइन्छ, के गर्न पाइदैन?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।