उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो, के-के खुले के-के अझै बन्द ?

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको छ । बैठकले ७ दिनका लागि निषेधाज्ञा थप गर्दै जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो । 

बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न पाइने र नपाइने क्रियाकलापको सूचीसमेत सार्वजनिक गरिएको छ । जसअनुसार बिहान ११ बजेसम्म हिँडडुलका लागि खुकुलो गरिएको छ । सो समयमा किनमेलका काम गर्न सहिनेछ । 

बैंकलगायत बित्तीय संस्थाहरूले सुरक्षा मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न पाउने भएका छन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द रहनेछन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १९:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया