ब्राजिलियन फुटबलस्टार नेयमार कोरोना संक्रमित
फरकधार / १७ भदौ, २०७७
यो सामग्री सेयर गर्नुहोस्

ब्राजिलियन फुटबलस्टार नेयमार कोरोना संक्रमित भएका छन् । उनीसहित फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको हो । 



पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताए पनि खेलाडीको नाम सार्वजनिक गरेको थिएन । 



तर, फ्रान्सेली सञ्चारमाध्यमले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएका छन् । 



फ्रान्सेली लिगको नियम अनुसार अब पिएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ । ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने लिगको नियम छ । 







  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २०:३७:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया