कोरोनाले ४ करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाका कारण आगामी वर्ष ४ करोड ७० लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।

कोरोनाको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । 

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।

राष्ट्रसंघीय निकायहरुले कोरोनाले उत्पन्न गरेको महामारीबाट ९ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या ४ करोड ७० लाख हुने अनुमान गरिएको हो ।



सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाको सङ्क्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।



  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १५:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया