पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बिहीबार काठमाडौंमा ३५७ जना, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
बुधबार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ र ललितपुरमा २९ जना गरी ३८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।