पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्वारा राजीनामा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् । 

उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्विटरबाट बिहीबार नै दिएका छन् । प्रधानमन्त्री खानको विशेष सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।  

पूर्व प्रमुख सैन्य प्रवक्ता बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए । उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।

‘मलाई विश्वास छ कि, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पूरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,’ उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सबै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १८:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया