कोरोनाबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै  अफवाह फैलाउने सुवास पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले  कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको अंग निकाल्ने गरेको हल्ला फिजाउनेलाई पक्राउ गरेको छ । 

कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको अंग डाक्टरले निकाल्ने गरेको अभियोग लगाउनेसहितका हल्ला फैलाएका व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ हो । 

प्रहरीले अफवाह फैलाएको अभियोगमा सुवास सुब्बा लिम्बुलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

उनले विभिन्न युट्युब च्यानलमा कोभिड–१९ बाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोस्टमार्टम नहुनुको कारण अंग निकालिनु नै रहेको अफवाह फैलाएका थिए ।
 





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १२:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया