विश्वभरि कोरोना सङ्क्रमणबाट ८ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमबार जानकारी दिएको छ ।
संगठनका अनुसार विश्वमा २ करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । तीमध्ये १ करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार २०६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको संगठनले जनाएको छ ।
गत डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोनाबाट अत्यन्त प्रभावित दश ओटा देशहरु
अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४२९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।
रुस १० लाख २५ हजार ५०५ जना कोरोना सङ्क्रमित रहेका छन् । यहाँ ८ लाख ४० हजार ९४९ कोरोना मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ८९ हजार ९७७ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ५ लाख १५ हजार ४९ जना कोरोना मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १८ हजार २२९ कोरोना मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३८ हजार ५१७ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६३ हजार ८९१ कोरोना मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४२ हजार २६८ कोरोना मुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख १७ हजार १३३ जनामा कोरोना सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १३२ कोरोना मुक्त भएका छन् भने ९ हजार ८५९ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।