काठमाडौंमा प्रहरीद्वारा २१ वर्षीया युवतीको बलात्कार प्रयास

काठमाडौंमा एक जना प्रहरी जवान बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । दार्चुला घर भई महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंहलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको गौशाला वनकाली बस्ने २१ वर्षीया युवतीले दिएको जाहेरी अनुसार उनलाई पक्राउ गरिएको हो ।

युवतीले जबरजस्ती करणी गरेको आरोप लगाउँदै हिजो गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । 

उनले जाहेरीमा ती प्रहरीले घरमा जबरजस्ती गर्न खोजेको लेखेकी छन् । उनले दिएको जाहेरीको आधारमा प्रहरी जवान सिंहलाई पक्राउ गरिएको गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए । 

प्रहरीका अनुसार थप अनुसन्धानका लागि मंगलबार म्याद थप गर्न पठाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १५:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया