तनहुँमा जिप दुर्घटना, चालकसहित दुईको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित दुईजनाको मृत्यु भएको छ । 

जिप चालक ३२ वर्षीय होमबहादुर श्रेष्ठ र अर्का व्यक्ति राजकुमार श्रेष्ठको मृत्यु भएको हो । होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

जिपमा सवार अन्य ६ जना घाइतेमध्ये चारजनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ । 

व्यास नगरपालिकाको चापाघाटबाट ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्बरको जिप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खसेको थियो । 





  • प्रकाशित मिति : भदौ २२, २०७७ साेमबार १७:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया