धनुषामा ५० किलो धातुसहित दुई पक्राउ

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा महोत्तरीको मटिहानी नगरपालिका–७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ वर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका–५ सोनरपट्टीमा जाँच गर्ने क्रममा दुईवटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको हो ।

खानतलासी गर्दा सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने रु १० लाख ६२ हजार बराबरको चाँदी जस्तो देखिने सेतो रङको धातु अन्दाजी ५० किलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । सामानसहित पक्राउ गरिएका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रवक्ता मिश्रले बताए ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १३:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया