महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।

बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलेन्टियर्सको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो । सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १३:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया