कोरोना संक्रमित प्रहरीको संख्या देशभर बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७७३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३२० पुगेको छ । जसमध्ये १ हजार ३०४ जना सक्रिय संक्रमित छन् ।
१ हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १४२, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ७२, गण्डकीमा ८३, प्रदेश ५ मा १०९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।