कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा उनमा कोरोना पुष्टि​ भएको हो ।

कोरोना​ परीक्षणका लागि मंगलबार नै उनले स्वाब दिएका थिए । कोरोना संक्रमण भए पनि कोइरालामा अन्य कुनै लक्षण देखिएको छैन ।

कोइरालाको रिपोर्ट पोजेटिभ आएको, तर स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १७:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया