मलाई कोरोना भएको हो, तर स्वस्थ छु : डा. शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेका छन् । 

मंगलबार स्वाब परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् । 

उनले भनेका छन्, मलाई कोरोना संक्रमण पुष्टि भएको छ, हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन ।’

उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा सजगता अपनाउन पनि आग्रह गरेका छन् । 

सोमबार ज्वरो आएपछि कोइरालाको ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । 

मंगलबार ज्वरो घटिसकेको र उनी आराम गरिरहेको उनका स्वकीय सचिव भरत तिवारीले बताएका छन् । 





  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार १८:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया