कांग्रेस महामन्त्री कोइराला भन्छन्– हामी बिपीको पदचिह्नबाट पृथक हिँड्न थालेका छौँ

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस बिपीले देखाएको बाटो हिँड्न नसकेको बताएका छन् । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको १ सय ७औँ जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा बोल्दै कोइरालाले भने, ‘हामी बिपीको पदचिह्नबाट पृथक हिँडन् थालेका छौँ । बिपीको समाजवाद भन्छौं, तर समाजवादी हुन सकेका छैनौँ ।’

कोइराला कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बसेका छन् । आइसोलेसनबाटै उनले भने,  ‘हामी समाजवाद भन्छौँ, तर स्वास्थ्य र शिक्षा अहिले पनि निःशुल्क छैन । समाजवादउन्मुख संविधानमा भनेका छौं, तर हामी त्यतातिर उन्मुख छैनौँ ।

उनले बिपीले समावेशी शब्द प्रयोग नगरे पनि व्यवहारमा भने लागू गरेको बताए । ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन, तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नुभएको थियो,’ उनले भने, ‘त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन, तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो ।’

कोइरालाले १४औँ महाधिवेशनपछि पार्टीभित्रका सबै गुट अन्त्य हुने जानकारी गराउँदै एक ढिक्का भएर जानुको विकल्प नरहेको बताए ।





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १६:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया