बैतडीका तीन स्थानमा सशस्त्रको सीमा निगरानी चौकी

भारतसँग सीमा जोडिएका बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा बिहीबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए ।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भएका छन् । पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी यसअघि नै स्थापना भइसकेका छन् । 

कुस्मौत घाटमा आज बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनीकरणलगायत कुरामा सहयोग पुग्ने बताए । 

जिल्लामा भारतसँग जोडिएको ६१ किलोमिटर सीमामा अहिले तीन ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति भइसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहले बताए । चालू आवभित्रै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।

पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने उनले बताए ।
 





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार २०:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया