कोरोनाबारे अफवाह फैलाउने दुईजना पक्राउ

सामाजिक सञ्जालमार्फत् कोरोना पिसिआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।  

पक्राउ पर्ने ईश्वर रिमाल पर्वत मोदी गाउँपालिका ७ का स्थायी बासिन्दा हुन् । उनी हाल कास्की पोखरा महानगरपालिका ५ मा बस्ने गर्छन् । अर्का निरज लम्साल चितवन भरतपुर महानगरपालिका ४ का स्थायी बासिन्दा हुन् । उनी हाल पोखरा महानगरपालिका ९ नयाँ बजारमा बस्दै आएका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराको कोरोना पीसीआर परीक्षण रिपोर्टलाई उनीहरू दुई जनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । 

उनीहरु विरुद्ध अफवाह फैलाउन नहुनेसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १४:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया