तिमी बादल म पानी

तिमी माथि उड्ने बादल भयौ
म  तल बग्ने पानी भएँ ।
मेरो आधार धर्ती भयो
तिम्रो हावा ।
तिमी हावासँगै उड्ने भयौ
हावासँगै घेम्ने भयौ
हावैहावाले घेरियौ
अनि
हावा कुरा मात्रै गर्ने भयौ ।

तिमी माथि उड्ने भएपछि
तिम्रो रूप फेरियो
तिम्रो दृश्य फेरियो
तिम्रो दृष्टि फेरियो
तिमी माथि उड्ने भएपछि
तिम्रो विचार फेरियो
तिम्रो बोली फेरियो

तर
नबिर्स बादल तिमी
छिटै पानी बनेर झर्नेछौ ।





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार १९:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया