मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रहरी युनिटमा कार्यरत ४७ जना प्रहरीमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–११, थानाभर्याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

योसँगै मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको संख्या १ सय १५ जना पुगेको छ । 





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १७:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया