इंग्लिस प्रिमियर लिगः लेस्टर सिटी ३–०ले विजयी

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा लेस्टर सिटीले वेस्ट ब्रोमविच एल्बियनलाई हराएको छ । 

आइतबार भएको सिजनको पहिलो खेलमै जित दर्ता गर्ने क्रममा उसले नवप्रवेशी टिम वेस्ट ब्रोमविच एल्बियनलाई उसैको मैदानमा ३–० ले हराएको हो । 

जेमी भार्डीले दुई र तिमोथी कास्टानले एक गोल गरेर लेस्टरलाई जित दिलाएक थिए । खेलका सबै गोल दोस्रो हाफमा भएका थिए ।

पहिलो हाफ शून्य बराबरीमा रहे पनि खेलको ५६औँ मिनेटमा कास्टानले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । 

त्यसपछि ७४औं र ८४औं मिनेटमा प्राप्त दुई पेनाल्टीमा भार्डीले गोल गर्दै लेस्टरको ३–०को जित सुनिश्‍चित गरे ।

इंग्लिस प्रिमियर लिगको २०२०–२१ को सिजन शनिबारदेखि सुरु भएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार २१:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया