अफगानिस्तानमा बम विस्फोट, पाँच सैनिकको मृत्यु

अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान गएको छ ।

पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सडक किनारमा राखिएको बम विस्फोटबाट ती सैनिकका ज्यान गएको हो ।

प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो ।

त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ ।

सोही स्थानमा केही दिनमात्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो । 

सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटोमा हिँडिरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो ।



अफगानिस्तानको टोलो न्युजले दिएको समाचार अनुसार बागदिस  जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको हो ।

तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकाले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ । यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ ।



  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १७:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया