राष्ट्रिय सभाको एक रिक्त पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छिन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस पठाए पछि भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे केही बताएका थिएनन् ।
अब गौतमका पदावधि ६ वर्षको हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।