फ्रन्सेली व्यावसायिक फुटबलको उच्च निकाय द लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले लिग वान अन्तर्गत आइतबार भएको पेरिस सेन्ट जर्मन तथा मार्सेलीबीचको खेलमा रातो कार्ड बेहोर्ने पाँचै खेलाडीलाई केही खेलमा प्रतिबन्ध लगाएको छ ।
आइतबार भएको खेलमा दुवै टोलीका खेलाडीले मैदानमानै झगडा गरेपछि पिएसजीका स्टार खेलाडी नेयमार, लेभिन कुर्जावा र लियन्द्रो पाराडेस तथा मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेडेट्टेले रातो कार्ड पाएका थिए ।
कुर्जावालाई ६, अमाभीलाई ३ नेयामार र पाराडेसलाई सामान २ तथा बेनेडेट्टेलाई १ खेलको प्रतिबन्ध लगाइएको छ ।
मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजमाथि हात हालेपछि नेयमारलाई भिएआरको मद्दतमा रातो कार्ड देखाइएको थियो ।
नेयमारले गोन्जालेजले आफूमाथि रंगभेदी व्यवहार गरेको आरोप लगाएका छन् तर गोन्जालेजले यो आरोपलाई अस्वीकार गरेका छन् । एलएफपीले यसको पनि छानबिन गर्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।