आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याट बन्द हुने

अहिलेको विश्वमा तहल्का मच्चाइरहेको भिडियो सेयरिङ याप टिकटक र वीच्याट अब अमेरिकामा बन्द हुने भएका छन् । आइतबारबाट नै यी दुई एप अमेरिकामा कुनै पनि मोबाइल वा अन्य डिभाइसमा डाउनलोड गर्न नपाइने भएको छ । यसमा परिवर्तन आउन सक्ने अब एउटा मात्रै सम्भावना छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुनस्र्थापना गर्न सक्ने ।

ट्रम्प प्रशासनले देशको राष्ट्रिय सुरक्षाका लागि यी दुई एप्लिकेसन खतरानक भएको र उनीहरुले अमेरिकी जनताको डाटा चीनमा पठाउन सक्ने अनुमान गरेको छ । यही कारण यी दुई चर्चित एपमाथि अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो ।

तर, चीन र यी दुवै चिनियाँ कम्पनीका एपहरुले यस्तो आरोपलाई खण्डन गर्दै आएका छन् ।

वीच्याट अब अमेरिकामा आइतबारबाट नै बन्द हुने भएको हो भने मानिसहरुले टिकटक १२ नोभेम्बरसम्म प्रयोग गर्न सक्ने बताइएको छ ।

उता, टिकटकले यसलाई आफूमाथि भएको अन्यायको संज्ञा दिएको छ । अमेरिकामा राष्ट्रपति ट्रम्पले अगस्टमा एक विधेयकमा हस्ताक्षर गर्दै टिकटलाई सबै व्यापार गर्न अमेरिकी कम्पनीलाई सर्वाधिकर बेच्न भनेका थिए । यसमा टिकटक बनाएको कम्पनी बाइट डान्सले अमेरिकी कम्पनी ओराकलसँग छलफल गरिरहेको छ । यो सम्झौता भएको खण्डमा र अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई स्वीकार गरेको खण्डमा यो प्रतिबन्ध नहुन पनि सक्छ ।

तर, ट्रम्पले यसलाई स्वीकार गर्छन् या गर्दैनन् भन्नेमा आशंका व्यक्त गरिएको छ ।



अब आइतबार बाट नै वीच्याटमा अमेरिकीहरुले कुनै कारोबार गर्न पाउने छैनन् । तर, टिकटकमा नयाँ अपडेटहरु डाउनलोड गर्न नमिले पनि १२ नोभेम्बरसम्म अमेरिकीहरुले यसलाई प्रयोग गर्न पाउने छन् ।



  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार २३:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया