केरला र पश्चिम बंगालबाट अलकायदामा आबद्ध नौ व्यक्ति पक्राउ

भारतको केरला र पश्चिम बंगालबाट अलकायदामा आबद्ध नौ व्यक्ति पक्राउ परेका छन् । भारतको आतंकवादविरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआइए)ले उनीहरुलाई पक्राउ गरेको हो । 

आतंकवाद विरोधी अनुसन्धानका लागि छापा मार्ने क्रममा नौजना अलकायदामा आबद्ध व्यक्तिहरुलाई शनिबार पक्राउ गरिएको एनआइएले जनाएको छ । एनआइए बिहानैदेखि केरला र पश्चिम बंगालका धेरै स्थानमा एकैपटक छापा मारेको थियो । 

उक्त समूहले निर्दोष मानिसहरुको हत्या गर्ने र भारतीय प्रतिष्ठानहरुमा आतंकवादी हमलाको योजना बनाइरहेको एनआइएले दाबी गरेको छ । 

अल कायदामा आबद्ध ३ जनालाई केरलाबाट ६ जनालाई पश्चिम बंगालबाट पक्राउ गरिएको बताइएको छ । पश्चिम बंगालको प्रहरी हिरासतमा राखिएका उनीहरुमाथि  थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७७ शनिबार २०:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया