सञ्चारगृहमा आक्रमण गरेको आरोपमा विक पक्राउ

धनगढी स्थित दिनेश सञ्चारगृहमा आक्रमण गरेको आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समीर विक पक्राउ परेका छन् । 

विकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गेबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । 

पक्राउ परेका विक धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा हुन् । मेयरको राजनीतिक आडको फाइदा उठाउँदै विकले गत भदौ २६ गते आक्रमण गरेको दिनेश सञ्चारगृहले दाबी गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा धनगढी ५ का १९ वर्षीय युवक रोशन विकको मृत्यु भएको घटनामा सञ्चारगृहबाट प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै भदौ २६ गते विकको समूहले आक्रमण गरेको थियो ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १९:६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया