सत्याग्रहीमाथिको दुर्व्यवहार क्रूरताको पराकाष्ठा : गगन थापा

नेपाली कांग्रेसका युवानेता गगन थापाले सरकारले सत्याग्रही डा. गोविन्द केसीमाथि सरकारले अपमानजनक व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । 

नेवालगन्जबाट काठमाडौं आएका डा. केसीले आफू शिक्षण अस्पताल भर्ना हुन चाहेको बताए पनि प्रशासनले उनको इच्छाविपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । 

उक्त घटना निन्दनीय र सत्याग्रहीमाथि दुर्व्यवहारको पराकाष्टा भएको भन्दै गगनले ट्विटमार्फ विरोध जनाएका हुन् ।  

गगनले लेखेका छन्, ‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन । तर, अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ । सरकारले आफ्नो पतनको बाटो आफैँ खनेको छ ।’ 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १८:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया