मनसुन अझै केही दिन सक्रिय रहने
फाइल फोटो

आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मनसुन हालसम्म सक्रिय रहेको विभागको भनाइ छ ।

न्यूनचापीय रेखा भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ ( बुधबार, ७ असोज) हो  । तर, यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै केही दिन दिन बढ्न सक्ने अनुमान विभागको छ । 

नेपालमा मंगलबार बिहानैदेखि नै सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १३:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया